सांकेतिक तस्विर

सिन्धुली। सिन्धुलीबाट प्रहरीले खैरो ब्राउन सुगर २४ ग्राम बरामद गरेको छ। काँकडभिट्टाबाट तरकारी बोकेर काठमान्डौं हिँडको प्रदेश ३-०१ –०२४ च ६३७१ नम्बरको गाडिमा विशेष सूचनाको आधारमा बुधबार सिन्धुलीमाढीस्थित माझिटार चेक पोष्टमा चेक गर्न क्रममा ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ।

जिल्ला प्रहरी कार्यलय सिन्धुलीका डिएसपि तथा सूचना प्रवक्ता मनोज लामाका अनुसार उक्त गाडि र गाडिमा सवार पाँचथर फिदिम घर भएका २८ वर्षिया राजिब थाङसुहाङले लगााएको कालो ज्याकेटमा बाँया खल्तिबाट खैरो ब्राउन सुगर बरामद भएको हो। थप अनुसन्धानका लागि गाडिसहित चालक रसुवाका वर्ष २२ का तुल्सि दाहाल र ३६ वर्षिया खड्क बहादुर दर्जी लाई नियन्त्रणमा लिइएको जनाएको छ।