रामेछाप । हिजोदेखी सुरु भएको १२ औँ राष्ट्रिय जनगणनाका लागि रामेछापमा २९८ जना गणक खटाइएको छ ।
जिल्लाका ८ वटा स्थानिय तहमा २९८ जना गणक खटाइएको हो । जसमा मन्थली नगरपालिकामा ७३ जना, रामेछाप नगरपालिकामा ४२ जना, लिखु तामाकोशी गाउँपालिकामा ३२ जना, उमाकुण्ड गाउँपालिकामा २४ जना, गोकुलगंगा गाउँपालिकामा ३४ जना, सुनापती गाउँपालिकामा २८ जना, दोरम्बा गाउँपालिकामा ३० जना र खाँडादेवी गाउँपालिकामा ३५ जना गणकहरु खटाइएको जिल्ला जनगणना कार्यालय रामेछापले जनाएको छ ।
पहिलो चरणमा जिल्लामा ६९ जना सुपरिवेक्षकले घर तथा घरपरिवार सूचीकरण गरेका थिए ।
