कातिक १२ । गोकुलगंगा गाउँपालिकाले कोरोना महामारी रोकथामको लागी २८ लाख २५ हजार २२१ रुपैया खर्च गरेको छ ।
गाउँपलिकाले गत चैत महिनामा सुरु भएको दोस्रो लहरको कोरोना रोकथामको लागि विभिन्न शिर्षकमा उक्त रकम खर्च गरेको हो ।
बिहिबार हुराडेक नेपाल दोलखाले एक छलफलकाबीच सार्वजनिक गरेको तथ्याङ्क अनुसार गोकुलगंगा गाउँपालिकाले उक्त रकम खर्च गरेको देखिएको हो ।
जसमध्ये खाजा खाना खर्च ४ लाख ६८ हजार रुपैया, एण्टजेन्ट किट खर्च ५ लाख, स्वास्थ्य सुरक्षा सामाग्री खर्च ५ लाख र भत्ता खर्च १ लाख ३० हजार रहेको छ ।
