सिन्धुलीमा ज्योमोगाङ घ्याङलेख सामाजिक सेवा नेपाल गठन भएको छ । भाद्र ५ गते सम्पन्न भएको प्रथम साधारणसभाले दिनेश लोको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सामाजिक सेवा गर्ने उदेश्यले ज्योमोगाङ सामाजिक सेवा नेपालको स्थापना भएको हो । १३ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्षमा मित्र बहादुर थोकर, बिज बहादुर लो र सचिवमा देवकृष्ण थोकर चयन भएका छन् । यसै गरी सह-सचिवमा विषम स्याङ्तान, कोषाध्यक्षमा टिकालाल मोक्तान र सह-कोषाध्यक्षमा चन्द्रीमाया योञ्जन रहेका छन् । सदस्यहरुमा राजकुमारी बम्जन, कान्छीमाया घिसिङ, कान्छामान योञ्जन, शुक बहादुर लो, कृष्ण कुमार लो र निर्मला गोले चयन भएका छन् ।

स्थापनाकालदेखि नै यस समाजले समाजमा भएका विभिन्न विपत्तिमा साथ दिदैँ आएको छ । अब बनेको नयाँ कार्यसमितिले पनि आगामि दिनमा नयाँ जोस र जाँगरको साथमा सामाजिक कार्य गर्दैँ अगाडि बढ्ने नवनियुक्त अध्यक्ष लोले प्रतिवद्धता जनाउनु भयो । उहाँले २ वर्षको अवधिमा समाजमा उदाहणीय काम गरेर देखाउने पनि बताउनु भयो ।

साधारण सभाले संस्थाका ११ जना सल्लाहकारसमेत चयन गरेको छ । जसमा सम्बर बहादुर वाइवा, अरुण गोले, अष्टमान लो, दूध बहादुर योञ्जन, संचमाया लो, इश्वरमान थोकर, अर्जुन ब्लोन, पेमा सिं थोकर, बिज बहादुर योञ्जन, सुनिता योञ्जन, भोजराज लो रहेका छन् ।

२०७६ सालमा यस ज्योमोगाङ घ्याङलेख सामाजिक सेवा नेपालको स्थापना भएको थियो ।