हेटौँडा। नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित हुँदै बाजि मारेका छन्। उनले निकटम प्रतिद्वन्दी भुवन भट्ट र अनिता विन्दुलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्वाचित लम्सालले ७४५ मत पाए भने प्रतिद्वन्दी अनिता विन्दु र भुवन भट्टले क्रमश ६ सय १२ र १९ मत पाए ।

वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनले सरोज अधिकारीलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्। केसीको ६ सय ८५ मत खस्यो भने उनका निकटम् सरोज अधिकारीको ६ सय ६५ मत खस्यो।

प्रेस युनियनको महाधिवेशनबाट खुला उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा, प्रदेश १ उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेशबाट अनिल कर्ण, बागमतीबाट डाक्टर मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र काठमाडौं उपत्यकाबाट जीवन भण्डारी उपाध्यक्षमा निर्वाचित भएका छन्।

यस्तै, महासचिवमा दिलीप पौडेल, खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी, महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी,  समावेशी उपमहासचिवमा अभयकुमार राई निर्वाचित भएका छन् ।

खुला सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत, महिला सचिवमा मेनुका ढुंगाना, पुष्मा शर्मा र रेजिना गौतम, आदिवासी जनजाति सिचवमा लालकुमार मुक्तान, मधेशी सिचवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको सचिवमा एलपी देवकोटा, खस/आर्य सचिवमा युवराज रेग्मी, रेडियो सचिवमा नरहरि सापकोटा, छापा सचिवमा राधा खनाल निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन् ।