काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । चुनावी समीक्षाका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।
बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत नेताहरु सहभागि रहेका छन्
बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा हुने नेताहरुले बताएका छन् ।

