काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतगणनाको नतिजा सार्वजनिक हुन थालेको छ । उक्त नतिजा अनुसार नेपाली कांग्रेसले विजय सुरुवात गरेको हो । 

मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कान्जो तेन्जिङ लामा नेपाली कांग्रेसबाट विजयी हुन सफल भएको हो । 

उक्त गाउँपालिकामा ४ सय  ८४ मत रहेकोमा उनले १ सय ५५ मत ल्याउँदै स्वतन्त्र उम्मेद्वार लामालाई पछि पारेका हुन् । जम्मा ३ सय ४ मत खसेकोमा लामाको पक्षमा १ सय ११ मत झरेको थियो ।