काठमाण्डौ । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं. ६ खिम्तीका ४५ जना युवा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
आईतबार काठमाण्डौमा आयोजित वडा नं. ६ खिम्तीका माओवादी केन्द्रका उम्मेदवार विवेक श्रेष्ठसँगको भेटघाट कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले पार्टी परित्याग गरी ४५ जनाभन्दा बढि युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन । नव प्रवेशिहरुलाई लिखुतामाकोसी – काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष जीवन राउतले पार्टीमा स्वागत गर्नु भएको थियो ।
खिम्तीको साविक वडा नं ८ को नयाँडाडा टोलबाट हरिदास श्रेष्ठ, प्रमिण श्रेष्ठ (कमल), डिल बहादुर श्रेष्ठ लगायत १८ जना युवा माओवादी केन्द्रमा प्रवेश गरेका छन । यस्तै, साविक वडा नं. ८ बाटोमुनी टोलबाट राजु श्रेष्ठ र राम्जी श्रेष्ठको नेतुत्वमा ६ जना युवा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
यस्तै खालीटारबाट रबिन श्रेष्ठ लगायत ४ जना, सिम्लेबाट दिपक श्रेष्ठ लगायत ३ जना, रातुखोला दिल ब श्रेष्ठ लगायत ५ जना, थामडाडाबाट पुर्ण ब श्रेष्ठ लगायत ५ जनायुवाहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन । यस्तै, सावीकको खिम्ती ६ वाट अशिष श्रेष्ठ, वलक थापा मगर लगायत ५ जना गरी ४५ जना भन्दाबढी युवाहरु नेकपा माओबादि केन्द्र मा प्रवेश गरेका हुन ।
पार्टी प्रवेश पछी धारणा राख्दै युवाहरुले खिम्तीका वडा अध्यक्षका युवा उम्मेदवार विवेक श्रेष्ठ लगायत टिमलाई विजय गराउन आफुहरु जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन ।
विगतका दिनमाहरुमा वडाको नेतृत्वमा आउनेहरुले काम गर्न नसक्दा खिम्तीको माथिल्ल्लो भेग विकासको गतिमा निकै पछाडि परेको त्याहाँका स्थानियको गुनासो छ । एक पटक युवा नेतृत्वलाई अवसर दिने हो भने परिवर्तन आफै देखीने खिम्तीका वडा अध्यक्षका उमेदवार विवेक श्रेष्ठले बताउनुभयो ।
भरत नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन दिपक श्रेष्ठले गर्नुभएको थियो ।




