काठमाडौं । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शिक्षण संस्थाहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् ।

सरकारले शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विद्यालय र क्याम्पसमा सोही प्रावधान लागू हुने भएको हो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारको निर्णय अनुसार नै सोमबारदेखि शुक्रवारसम्म विद्यालयका कक्षा बिहान साढे नौ बजेदेखि साँझ साढे पाँच बजेसम्म सञ्चालन हुने मन्त्री पौडेलले बताए । तर विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरू सार्वजनिक बिदा काट्ने र कक्षा कसरी सञ्चालन गर्ने भन्ने बारेमा मन्त्रालयले कार्य योजना बनाउने उनको भनाई छ ।