काठमाडौं । सरकारले कामभन्दा कुरा मात्रै धेरै गरिरहेको छ ।

देशको व्यापार घाटाच कसरी घटाउने भनेर अर्थमन्त्री लाग्नु पर्ने ठाउँमा गभर्नरलाई कसरी हटाउन सक्निछ भनेर लाग्ने गरेका छन् । देशको वैदेशीक व्यापार घाटा धेरै भएर समस्या आउने अवस्था सर्जिना भएको छ । सरकारले बस्तु आयातलाई कडाई गर्दा समेत व्यापार घाटा वृद्धि हुँदै गएको छ । चालू आबको ९ महिनासम्ममा नेपालको वैदेशीक व्यापार घाटा १३ खर्ब भएको छ । सरकारले काम नगरी कसरी गठबन्धन जोगाउने भन्ने विषयमा लागेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चैतसम्म महिनासम्मको तथ्यांक अनुसार ९ महिनामा नै १३ खर्ब बढीको व्यापार घाटा भएको छ । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ रहेको थियो । सरकारले आयात कडाई गर्दा पनि ३ खर्बले व्यापार घाटा वृद्धि भएको छ । निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ ।

चालू आवको नौ महिनामा साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो । चालू आवको नौ महिनामा नेपालले १३ खर्ब ६ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।