दोलखा। स्थानीय निर्वाचन २०७९ को लागि नेकपा एमाल दोलखाले जिल्लाको सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा नेकपा एमालले बुधबार उम्मेदवारको टुङ्गो लगाएको हो।

भिमेश्वर नगरपालिकाको नगर प्रमुखमा भरत केसी र उपप्रमुखमा कमला बस्नेतलाई नेकपा एमालले चुनावी मैदानमा उतारेको छ। जिरी नगरपालिकाको प्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्ण माया बुढाथोकीले टिकट पाएका छन्। 

त्यस्तै जिल्लाको अन्य सात गाउँपालिकाहरूमा पनि उम्मेदवारको टुङ्गो लागेको छ। शैलुङ गाउँपालिकाको अध्यक्षमा धन बहादुर तामाङ र उपाध्यक्षमा पार्वती कार्की थापा, मेलुङ गाउँपालिकाको अध्यक्षमा हिरा कुमार थोकर र उपाध्यक्षमा गायत्री आचार्य कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा गणेश शिवाकोटी र उपाध्यक्षमा कविता थामी, विगु गाउँपालिकाको अध्यक्षमा अछुतम केसी र उपाध्यक्षमा देविका थामी रहेका छन्। 

गौरीशंकर गाउँपालिकाको अध्यक्षमा जंग गुरुङ र उपाध्यक्षमा मुना शिवाकोटी, बैतेश्वर गाउँपालिकाको अध्यक्षमा माधव प्रसाद घिमिरे र उपाध्यक्षमा नविना लामाले टिकट पाएका छन्। र तामाकोसी गाउँपालिकामा अध्यक्षमा अभिषेक सुवेदी र उपाध्यक्षमा अम्बिका पोखरेल रहेका छन्।

नेकपा एमालले दोलखाको कुनै पनि स्थानीय तहमा महिला उम्मेदवारलाई प्रमुख/अध्यक्ष बनाएको छैन।