काठमाडौं । सरकारमा रहेको जसपाले पनि स्थानीय तहको चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।जसपाले सार्वजनिक गरेको घोषणापत्रमा तत्कालिन नेकपाले दिन नसकेको स्थिरता आफ्नो दलले दिएको दाबी गरिएको छ । त्यस्तै वडा र पालिकालाई सेवामैत्री बनाउनेदेखि नगर रेल सञ्चालन गर्नेसम्मको योजना घोषणापत्रमा सार्वजनिक गरिएको छ ।

घोषणापत्रमा हरेक पालिकामामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने उल्लेख छ । आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने जसपाको घोषणा छ ।

त्यस्तै शिक्षामा १० प्रतिशत बजेट विनियोजन गर्ने, हरेक पालिकामा बर्थिङ सेन्टर, हरेक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा दिने पनि जसपाले घोषणापत्रमा उल्लेख गरेको छ । मंगलबार मात्रै नेकपा एकीकृत समाजवादीले समेत आफ्नो घोषणापत्र सार्वजनिक गरेको थियो ।

हेर्नुस् घोषणा पत्र