भोजपुर। स्थानीय निर्वाचन २०७९ का लागि भोजपुरमा पाँचदलिय गठबन्धनले भागबण्डा मिलाएको छ। भागवण्डामा काङ्ग्रेसलाई तीन गाउँपालिका अध्यक्ष सहित दुई नगर प्रमुखको दिन सहमत भएका छन्। उपाध्यक्षमा नेपाली काङ्ग्रेसलाई दुई गाउँपालिका दिन सहमत गरेका छन्। 

नेपाली काङ्ग्रेसको भागमा भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको नगर प्रमुख हतुवा गढी गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र साल्पा सिलिछो गाउँपालिकाको अध्यक्ष भागवण्डामा परेको हो। त्यस्तै रामप्रसाद राई र पौवादुङमा गाउँपालिका गरी दुई गाउँपालिकाको उपाध्यक्षमा काङ्ग्रेसको भागमा परेको छ। 

माओवादीको भागमा दुई गाउँपालिका अध्यक्ष परेको छ। दुई वटा गाउँपालिका उपाध्यक्ष र एक नगरपालिकाको उपप्रमुखको भाग माओवादी केन्द्रलाई परेको छ। माओवादी केन्द्रको भागमा रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिका गरी दुई गाउँपालिकाको अध्यक्ष दिन सहमत भएका छन्। त्यस्तै, माओवादी केन्द्रलाई साल्पा सिलिछो गाउँपालिकाको उपाध्यक्ष र षढानन्द नगरपालिकाको उपप्रमुख भागबण्डामा परेको छ।

गठबन्धमा सामेल एकिकृत समाजवादीले भोजपुर नगरपालिकाको उपप्रमुख टेम्केमैयुङ गाउँपालिकाको उपाध्यक्षमा चित्त बुझाएको छ भने जनता समाजवादी पार्टीलाई जिल्ला समन्वय समितिको प्रमुख भागमा परेको छ। जिल्ला समन्वय समितिको उपप्रमुखको भाग माओवादी केन्द्रलाई परेको छ। 

गठबन्धनले आम्चौक र अरुण गाउँपालिकामा गठबन्धन दलहरूकाबीच मात्रै स्वस्थ प्रतिस्पर्धा गर्ने र गठबन्धन दलहरूबाहिर गठबन्धन गरे पार्टीले कार्बाहीको विषय बनाउने गरी सहमति गरेका छन्।