काठमाडौं- मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

शैलेन्द्र खनाल गत सोमबार ४ वर्षे पदावधिका कारण अवकाशमा गएर सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको थियो। खनालले पहिलो नम्बरका एआईजी केसीलाई चार्ज बुझाएर बिदा भएका थिए। उनै निमित्त आईजीपीको जिम्मेवारी पाएका केसीलाई सरकारले आईजीपीमा बढुवा गरेको हो।