काठमाडौं- सत्तारुढ गठबन्धनले वैशाख ४ गतेभित्र चुनावी तालमेलको मोडालिटी टुंगो लगाउने भएको छ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलिय गठबन्धनको बैठकले वैशाख ४ भित्र तालमेल र उम्मेदवारको टुंगो लगाउने सहमति गरेको हो।
बैठकले सबै पार्टीका स्थानीय तहका संरचनालाई वैशाख ४ गतेभित्र तालमेल र निर्देशन दिने निर्णय भएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए ।
सिटौलाका अनुसार स्थानीय तहमा कुन दलको अवस्था कस्तो छ भन्ने रिपोर्ट अध्ययन गर्ने र तालमेलको लागि तलबाटै रिपोर्ट माग्ने निर्णय बैठकले गरेको छ। यद्यपी बैठक जारी नै छ।

