काठमाण्डौ । रामेछापमा सत्तारुढ ५ दलिय गठबन्धनले एकताबद्ध रहेका सन्देश दिएका छन । 

आज बसेको पाँच दलको पहिलो बैठकले रामेछापका सम्पुर्ण स्थानीय तहमा तालमेल गरेर जाने निर्णय गरेका हून । बैठकपछि पाँचै दलका प्रतिनिधिहरुद्धारा हस्ताक्षरित विज्ञप्तीमा 
 केन्द्रमा पाँच दलिय गठबन्धनले जारी गरेको अपिललाई आत्मासात गर्दै रामेछापमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको अवगत गराइएको छ ।

May be an image of 8 people, people standing and tree

नेपाली काँग्रेस, रामेछापका सभापति पुर्ण बहादुर तामाङ, नेकपा माओवादी केन्द्रका संयोजक मैन कुमार मोक्तान, नेकपा एकीकृत समाजबादीका अध्यक्ष रमेश कुमार बस्नेत र जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य रोज बहादुर मोक्तानले हस्तक्षर गरि संयुक्त विज्ञप्ती जारि गरेका हुन । केन्द्रमा भएको गठबन्धनलाई जिल्लाको ८ वटै स्थानिय तहमा निरन्तरता दिने विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनमा तालमेल गर्ने रणनिती बमोजिम गठबन्धनमा भएका दलले एक अर्कालाई प्रतिकुल असर पर्ने अभिव्यक्ति नदिने र त्यस्ता कुनै पनि गतिविधि नगर्ने र नगराउने निर्णय समेत भएको विज्ञप्तीमा जनाइएको छ । गठबन्धनको आगामी बैठकले कुन स्थानिय तहमा कुन दलले दाबी गर्ने भन्ने विषय टुंगाउने जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य रोज बहादुर मोक्तानले जानकारी दिनुभयो ।