प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेको छ । 

एमाले प्रचार विभागले आज पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेको हो । एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारका गलत हस्तक्षेपलाई अस्वीकार गरेका कारण अधिकारीमाथि कारबाही गरिएको आरोप लगाउनुभयो । सरकारको उक्त गलत निर्णयले देशको अर्थतन्त्रलाई धराशायी बनाउने उहाँले बताउनुभयो ।

पौडेलले गभर्नरमाथिको कारवाही व्यक्तिमाथि गरिएको नभई प्रणाली भत्काउन गरिएको हस्तक्षेप भएको समेत दाबी गर्नुभयो ।००००