काठमाण्डौ । केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन तोड्ने निर्णय गरेको छ ।

प्रदेश सरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो । जसपाबाट प्रदेशसभामा एक जना सांसद रहेका छन  । शुक्रबार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा काँग्रेसका २ मन्त्री र एक राज्यमन्त्री थपिएका छन् ।

जसपाका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले जसपालाई आउट गर्दै तीन दलअघि बढेपछि हामीले गठबन्धन तोड्ने निर्णय गरेकोबताउनुभयो । उहाँले आगामी निर्वाचनमा सुदूरपश्चिममा गठबन्धन नहुने बताउनुभयो ।००००