काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले विगतमा भन्दा निर्वाचन निकै खर्चिलो भएको बताउनु भएको छ । 

नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले आज गरेको कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले आफअब निर्वाचन लड्छु भन्नेबित्तिकै ६÷७ करोड चाहिने अवस्था रहेको बताउनु भएको हो । उहाँले आफूले तीन पटक चुनाव लड्दा करिब १० करोड खर्च गरेको बताउनुभयो । विगतमा भन्दा निर्वाचन निकै खर्चिलो भएकाले अब निर्वाचन लड्न सक्ने अवस्था नभएको बताउनुभयो । सो क्रममा उहाँले कसैले आफ्नो क्षेत्रमा उम्मेदवार बन्न चाहे आफूले छाड्ने पनि बताउनुभयो । 

नेता कोइरालाले आसन्न निर्वाचनमा अहिले आफ्नो शक्ति बढाएरसकेसम्म कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । उहाँले आफूले त्यही कुरा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग सोध्दा माओवादी पार्टीको चरित्रका कारण गठबन्धन गरेर चुनाव लड्नुपर्ने अवस्था रहेको बताउनुभयो ।००००