काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

 अधिकारीलाई निलम्बित गरेसँगे सरकारले डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिईएको अर्थ मन्त्रालयले जनाएको छ । शुक्रबार एक सार्वजनिक कार्यक्रकमा अर्थमन्त्री जनार्दन शर्मा राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिले अनुशासनको पालना नगरेको भन्दै गाली गरेका थिए ।

अर्थमन्त्री शर्माले राष्ट्र बैंकले अनुशासन पालना नगरेको, आफूले सोधेको विषयलाई अनावश्यक प्रचार गरेको बताएका थिए । उनले राष्ट्र बैंकले दिने सुझाव मन्त्रालय नआइपुग्दै मिडियामा गएको र विदेशी लगानी भित्र्याउन सहजीकरण गर्न खोज्दा मन्त्रीले चलखेल गरेको भन्दै मिडियाबाजी गरेको गुनासो समेत गरेका थिए ।