काठमाण्डौ । नेकपा एकीकृत समाजबादीले भोली राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनको पुर्व सन्ध्यामा समाजवादीले राजधानीमा भोली शक्ति प्रदर्शन गर्न लागेको हो । एकीकृत समाजवादी काठमाडौको आयोजनामा हुने खुलासभामा पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यmक्रम छ । पार्टी कार्यकर्ता र आम नागरिकलाई थप उत्साह जगाउने उद्धेश्यले शक्ति प्रदर्र्शन गर्न लागिएको पार्टीका काठमाडौ जिल्ला अध्यक्ष कुसुम कार्कीले जानकारी दिनुभयो । प्रतिगमनकारी पार्टीबाट विद्रोह गरेपछि देशव्यापी रुपमा वृद्धि भैरहेको संगठन विस्तारले आम कार्यकर्ता र नागरिकहरुमा निकै उत्साह र हौसला बढेको अध्यक्ष कार्कीले दाबी गर्र्नुभयो ।
भोली दिउँसो १ बजे भृकुटीमण्डमा खुलासभा हुनुअघि विहान ११ बजे मोटरसाइकल ¥यालीको आयोजना गर्न लागिएको भन्दै अध्यक्ष कार्कीले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित खुलासभामा आम नागरिकको उपस्थितिका लागि आह्वान गर्नुभयो ।००००

