काठमाडाैं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको छ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त भएका ७१ निर्वाचन अधिकृतलाई विभिन्न कारणले हटाइएको र नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी दिए। 

उनले निर्वाचन अधिकृतका लागि प्रशिक्षण प्रदान गर्नेहरुलाई प्रशिक्षण दिइएको जानकारी दिए। त्यस्तै आयोगले आचारसंहितका कार्यान्वयनका लािग विभिन्न दलबाट प्रतिबद्धता लिइएको बताए। 

उनले एमालेले आचारसंहिताका केही विषयमा अस्पष्टता जाहेर गर्दै पत्र बुझाएको धारणा राखे। अर्यालले मतपत्र छपाइको कार्य सुरु भइसकेको र दुर्गम स्थानमा ढुवानी गर्न सो क्षेत्रको मतपत्र छपाइलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

उनले निर्वाचनका लागि आवश्यक सामाग्री आउने क्रम जारी रहेको बताए।