काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहेसम्म देश बर्बादीतिर धकेलिने बताउनु भएको छ । 

बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताउनु भएको हो । उहाँले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्नुभयो । बैंकहरुसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश देश संकटमा रहेको उहाँको भनाई थियो । 

उहाँले सरकार ढाल्न आफुहरुले कोशिस नगर्ने भन्दै एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको बताउनुभयो । 

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिकासाथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।