काठमाण्डौ । नेपालमा चालु आर्थिक वर्षको ८ महिनामा झण्डै साढे ११ अर्बको तरकारी आयात भएको छ ।
चालु आर्थिक वर्ष २०७७/७८ को फागुनमसान्तसम्म ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार रुपैयाँ मूल्य बराबर आलु, प्याज र गोलभेँडा आयात भएको हो । नेपालम्म मुख्यगरी भारत, चीन, बङ्गलादेश र इन्डोनेशियाबाट तरकारी आयात हुने गरेको छ ।
कुल आयात मध्य झण्डै ७ अर्बको आलुमात्रै नेपाल भित्रिएको हो । सबैभन्दा धेरै भारतबाट ६ अर्ब ५६ करोड ४६ लाख ४३ हजार रुपैयाँ र बङ्गलादेशबाट २४ करोड ८१ लाख ५९ हजार रुपैयाँ गरी कूल ६ अर्ब ८१ करोड २८ लाख २ हजार मूल्य बराबरको आलु नेपाल आयात भएको हो ।
सोही अवधिमा ४ अर्ब ३० करोड ५४ लाख ३९ हजार रुपैयाँ मूल्यको प्याज भारत र चीनबाट आयात भएको छ । गत साउनदेखि फागुनसम्मको अवधिमा ४१ करोड १३ लाख ५६ हजार मूल्यका गोलभेँडा आयात भएको छ ।
उक्त अवधिमा भारतबाट ३ करोड ८० लाख चार हजार ३ सय ३९ किलो र इन्डोनेशियाबाट ६ सय २५ किलो गोलभेँडा आयात भएको छ । नेपालमा आलु, प्याज र गोलभेँडा खेतीको प्रचुर सम्भावना छ । तरपनि विदेशबाट डरलाग्दो आयात हुनुले नेपाललाई कृषि प्रधान मुलुकभन्दा आफैँमा लाजमर्दो विषय बन्दै गएको छ ।०००००

