काठमाण्डौ। सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप अगाडि बढ्ने निर्णय भएको उहाँले बताउनुभयो ।
कांग्रेसले आसन्न निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । प्रवक्ता महतले निर्वाचन केन्दीय परिचालन समितिको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जानकारी दिनुभयो । समितिको सदस्य पार्टी सभापति शेरबहादुर देउवाले आपसी परामर्शमा तोक्नुहुनेछ । बैठकले डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।००००

