काठमाण्डौ। निर्वाचन आयोगले चैत २२ गते मंगलवारका लागि सर्वदलीय बैठक बोलाएको छ ।
निर्वाचन आचारसंहिता लागू गर्ने लगायत विषयमा सुझाव लिन सर्वदलीय बैठक बोलाएको आयोगले जनाएको छ । उक्त बैठकपछि सुझाव लिएर आचारसंहिता लागू गर्ने दिन टुंगो लाग्नेछ । चैत २५ गतेपछि आचारसंहिता लगाउने आयोगको तयारी छ । आयोगले यसअघि नै आचारसंहितालाई अन्तिम रुप दिइसकेको छ ।
स्थानीय तह निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ । उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते गराउने आयोगको कार्यतालिका रहेको छ ।

