काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच चुनावी गठबन्धनलाई लिएर जुहारी चलेको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमा दुबै नेताले एउटै मञ्चमा मार्फत बोल्दै चुनावी गठबन्धनको पक्ष र विपक्षमा धारणा राख्नु भएको हो । नेता कोइरालाले गुट–उपगुटलाई मिलाएर जाने हो भने गठबन्धन आवश्यक नभएको बताउनु भएको थियो । गठबन्धन गरिरहने हो भने कांग्रेसको हालत पनि भारतको कांग्रेस आईको जस्तो हुन्छ कि भन्ने चिन्ता लागेको उहाँको भनाई थियो । 

नेता कोईरालाको जवाफमा प्रधानमन्त्री समेत रहनु भएका कांग्रेस सभापति देउवाले एमाले र माओवादी मिल्दा स्वयं शेखर कोइरालाले चुनाव हारेको स्मरण गराउनुभयो । एमाले र माओवादी फुटेपनि अझै मिल्ने सम्भावना नघटेको उहाँको दावि थियो । 

कांग्रेसमा हिजो पनि गुट रहेको र आज पनि गुटमुक्त नहुने भन्दै देउवाले स्थानीय चुनाव सजिलो नभएको बताउनुभयो । गठबन्धनको पक्षमा उभिँदै आउनु भएका देउवाले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरुलाई गेटआउट भन्न समिल्ने समेत बताउनुभयो। तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा आफू चुनावकै पक्षमा रहेको, तर अदालतले संसद पुनस्र्थापना गरेपछि सबैको सहयोगमा आफू प्रधानमन्त्री भएको उहाँले स्मरण गर्नुभयो ।००००