काठमाण्डौ । नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा आज सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ वटा समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।जसमा नेपाल चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिनेसहितका सम्झौताहरु रहेका छन् ।
२ देशबीच आर्थिक तथा प्राविधिक सहयोग, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने, खोप हस्तान्तरण र मर्मत सम्भार, स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवं घाँस निर्यात लगायतका समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो ।
चिनियाँ विदेशमन्त्री यीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । हिजो नेपाल आउनु भएका विदेशमन्त्री यी भोली राष्ट्रपतिसँग भेटवार्ता गरि स्वदेश फर्किनु हुनेछ ।००००

