काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसभित्र महत्वपूणर् दुई भ्रातृ संगठनको तदर्थ समिति गठन भएसँगै आन्तरिक असन्तुष्टि बढेको छ । सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समिति गठन गर्दा एकलौटी गरेको भन्दै शेखर कोइराला समूह रुष्ट बनेको छ ।
बुधबार सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । देउवाले आफूसँग सल्लाह नै नगरी दुई भ्रातृ संस्थाको नेतृत्व तोकेपछि नेता कोइरालाले बिहीबार आगामी योजनाबारे छलफल गरेका गरे ।
छलफलमा नेविसंघ, तरुण दल, महिला संघ, आदिवासी जनजाति संघलगायतका भ्रातृ संस्थाहरूको पूर्व पदाधीकारीहरू सहभागी थिए । नेता कोइरालाले उनीहरूसँग कसरी अघि बढ्दा उपयुक्त हुन्छ भनेर राय मागेको छलफलमा सहभागी नेता मनोजमणी आचार्यले जानकारी दिए ।
सो क्रममा उपस्थित पूर्व पदाधीकारीहरुले सहमतिको प्रयासलाई अघि बढाउनमा जोड दिएका थिए । प्रयास गर्दा पनि देउवा एक्लै अघि बढ्न खोजे समानान्तर गतिविधि अघि बढाउनुपर्ने उनीहरूको जोड थियो । सहभागीमध्ये केहीले सबै भ्रातृ संस्थाको समानान्तर समिति बनाउनेसम्मको तयारी गर्नुपर्ने धारणा राखेका थिए ।
‘सहमतिको प्रयास गरौं । प्रयासमा सभापति आउनु हुन्छ भने सहयोग पुग्ने गरी अघि बढ्नु पर्छ । यदि उहाँ सहमतिमा नआई एकलौटी पेलेर गतिविधि गर्नुहुन्छ भने समानान्तर गतिविधि गर्न सुझाव दिएका छौं’, नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्यले भने, ‘अब छलफल निरन्तरता पाउँछ । सभापतिजीसँग पनि छलफल हुन्छ । हामीबीचमा पनि छलफल हुन्छ । छलफलबाट सहमति नजुटे त्यसपछिका गतिविधिहरूको खाका पनि तयार हुन्छ ।’
सुझाव सुनेपद्नेछि नेता कोइरालाले आफूले सभापति देउवासँग संवाद गर्ने बताएका थिए । छलफलमा चन्द्र भण्डारी, प्रतिमा गौतम, भुपेन्द्रजंग शाही, गोविन्द पोखरेल, केशव सिंह, विनोद कायस्थ, कुसुम थापा लगायतका नेताहरू उपस्थित थिए ।

