बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेबाट लागू हुने गरी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यादव शर्मासमक्ष सिफारिस गरेको हो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेको छ । मन्त्रिपरिषद्को उक्त निर्णय प्रदेश प्रमुख शर्मासमक्ष पठाइएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण ८१ दिन अवरुद्ध प्रदेशसभा बैठक पुनः सञ्चालन भएपछि दुईवटा बैठक बसेर प्रदेश सरकारले अधिवेशन अन्त्य गरेको हो ।

