सिन्धुलीमाढी। नेकपा (एमाले) को जनवर्गिय संगठन रिटर्नी फेडेरेसन नेपालको पहिलो कमलामाई नगर भेला सम्पन्न भएको छ। मङ्गलबार माढीबजार स्थित पार्टी कार्यालयमा नगर भेला सम्पन्न भएको हो।

फेडेरेशनको आज सम्पन्न नगर भेलाले रोशन थापाको अध्यक्षतामा १७ सदस्यीय नगर कमिटी गठन गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा रिटर्नी फेडेरेशन अफ नेपालका सिन्धुली इन्चार्ज सागर कार्कीले बताउनु भयो।

फेडेरेसनको प्रथम नगर भेला नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोइरालाको प्रमुख आतिथ्यता तथा केन्द्रीय सल्लाहकार सदस्य केशव देवकोटा, कमलामाई नगर प्रमुख तथा बागमती प्रदेश कमिटी सदस्य खड्क बहादुर खत्री, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राम कुमार कार्की, जिल्ला कमिटी उपाध्यक्ष कर्ण घिसिङ, रिटर्नी फेडेरेशनका केन्द्रीय सदस्य जीवन घिसिङ, जिल्ला कमिटी सदस्य तथा रिटर्नी फेडेरेशनका जिल्ला इन्चार्ज सागर कार्की, जिल्ला कमिटी सदस्यहरू केदार देवकोटा,दिपेस बराल,मेनुका तिमल्सिना,बिनोद श्रेष्ठ, कमलामाई नगर कमिटी सचिव कृष्णहरी घिमिरे लगायतको आतिथ्यतामा नगर भेला सम्पन्न भएको हो।