काठमाडौं। नेपाल लोकतान्त्रिक किरात सुनुवार संघको तेस्रो महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ। नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखेलको प्रमुख आतिथ्यतामा संघको तेस्रो महाधिवेशन शनिबार (आज) सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल बहुजाति, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक रहेको र सबै जातजातिको सम्मान पूर्वक पहिचानको रक्षा गर्न पाउने वातावरणको सिर्जना गर्ने पार्टी नेकपा (एमाले) रहेको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले कुनै पनि जातिको अन्त्य उसको पहिचानको अन्त्यसँगै हुने भएकाले सबैभन्दा पहिला पहिला आफ्नो जातिय पहिचानलाई जोगाई राख्न अनुरोध गरे। पोखरेलले नेपालमा कुनै पनि जातिको बाहुल्यता नरहेकाले सबैजाति एकजुट हुनुपर्ने र पहिचानको सम्मान सबैले गर्नु पर्ने जोड दिए। उपाध्यक्ष पोखरेलले देशमा संविधान जारी भएसँगै आदिवासी जनजाति लगायत विभिन्न उत्पीडित वर्गहरूको हक अधिकारका विषय सम्बोधन भएको र त्यसको कार्यान्वयनको चरणमा रहेकाले अब त्यसको कार्यान्वयनसँगै देशलाई आर्थिक सम्वृद्धिको बाटोमा लाग्न सबै जातिले हातेमालो गर्नुपर्ने बताए। सुनुवार संघको महाधिवेशनबाट बन्ने नयाँ कार्य समितिलाई निर्देशन दिँदै उपाध्यक्ष पोखरेलले नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ नेपाल एमालेको सशक्त जनसंगठन भएकाले आगामी कार्यक्रमहरूलाई बुँदागत रुपमा उतारेर अगाडी बढाउन पर्नेमा जोड दिएका छन्।
जनजाति समुदायलाई प्रतिनिधत्व गर्ने पार्टी नेकपा (एमाले) रहेकोमा दुईमत नरहेको सांसद यज्ञराज सुनुवारले बताए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सुनुवारले जातिगत रुपमा हर्दा पनि बाहुल्य रुपमा सुनुवारहरूलाई समेट्ने पार्टी नेकपा(एमाले) रहेको बताए। उनले आफ्नो उदाहरण दिँदै सुनुवार समूदायको प्रतिनिधिका रुपमा पार्टीले आफूलाई पटक-पटक टिकट दिएर पठाएर निर्वाचित गराएको तर अन्य पार्टीहरूले नामसमेत सिफारिस गर्न खुट्टा कमाएकाले आम सुनुवार समुदायलाई एकताबद्ध भएर नेकपा (एमाले)मा लाग्न आह्वान गरे। सांसद सुनुवारले स्थानीय निर्वाचन नजिकिँदै गर्दा स्थानीय जनप्रतिनिधिहरू पनि समावेशी, समानुपातिक प्रतिनिधित्वको आधारमा उम्मेदवार टुङ्गो लगाउने र देशभर नेकपा (एमाले) लाई विजय गराउने गरी तयारीमा लाग्न निर्देशन दिएका छन्।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सह-इन्चार्ज पासाङ शेर्पाले जनजाति आन्दोलनलाई सम्बोधन गर्ने पार्टीको खेजीमा लागेर विभिन्न पार्टीमा पुग्दा नेकपा (एमाले) ले जति पनि कुनै पनि पार्टीले जनजातिको नाममा सम्बोधन गर्न नसकेको हुँदा आफू पुन: नेकपा(एमाले) मै फर्किएको बताएका छन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालका रहेका राजनीतिक पार्टीहरूको कुनै विकल्प छ भने त्यो नेकपा (एमाले) मात्र रहेको दाबी समेत गरे। उनले आफ्नो उदाहरण दिँदै माधव नेपालले पार्टीलाई चोइट्याएर पहिले आफूले रोजेको बाटो रोजेको र पुन: उनी नेकपा(एमाले) मै फर्किएर आउने बताए।
संघको तेस्रो महाधिवेशनको उद्घाटन सत्र प्रमुख अतिथी ईश्वर पोखरेल, विशेष अतिथी मानीय यज्ञराज सुनुवार, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सह-इन्चार्ज पासाङ शेर्पा, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उपमहासचिव देवराज राई, महासंघ कै कोषाध्यक्ष प्रेम कुमार श्रेष्ठ, लोकतान्त्रिक किरात सुनुवार संघका सल्लाहकार तथा बुद्धिजिवीहरू भगत सुनुवार, तिलक सुनुवार, तारादेवी सुनुवार, हेम बहादुर सुनुवार, नेकपा (एमाले) काठमाडौं जिल्ला समिति सदस्य चिरन्जिवी के.सी., नेकपा एमाले वडा नं. ५ का अध्यक्ष जगन्नाथ ढकाल, सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार, भुजेल संघका उपाध्यक्ष लिला भुजेल लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रमको संयोजकत्व प्रेम कुमार सुनवार, सञ्चालन संघका महासचिव उर्मीला सुनुवार र स्वागत मन्तवय उपाध्यक्ष विमला सुनुवारले राख्दै उद्घाटन सत्र सम्पन्न भएको थियो।
संघको बन्दसत्रमा महासचिव उर्मीला सुनुवारले राजनीतिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरे भने संस्थाको आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष नारायण सुनुवारले प्रस्तुत गरी दुवै प्रतिवेदन सर्वसहमतिले पारित गरिएको थियो। त्यस्तै संघको बन्दसत्रले प्रेम कुमार सुनुवारको अध्यक्षतामा ३७ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ।
संघको अध्यक्षमा प्रेम कुमार सुनुवार, बरिष्ठ उपाध्यक्षमा बिमला सुनुवार, उपाध्यक्षमा शारदा सुनुवार, महासचिवमा नारायण बहादुर सुनुवार, सचिवमा क्रमश इन्दसेन सुनुवार र बीरु सुनुवार, कोषाध्यक्षमा ताम्र सुनुवार र सदस्यहरूमा मीन बहादुर सुनुवार, ललित सुुनुवार, शशिकला सुनुवार, सरिता सुनुवार, गंगा सुनुवार, सोम सुनुवार, डिल्ली राम सुनुवार, गोपाल सुनुवार, तारा बहादुर सुनुवार, दिपक सुनुवार, दिल बहादुर सुनुवार, दिपक सुनुवार, भिम प्रकाश सुनुवार, हेम बहादुर सुनुवार, इन्द्रमाया सुनुवार, संजीव सुनुवार, सावित्री सुनुवार, देवी राज सुनुवार, डम्बर सुनुवार, पारु सुनुवार, गोमा सुनुवार, शन्देश सुनुवार, सरला सुनुवार, मोहन सुनुवार, विकास सुनुवार, बिष्णु बहादुर सुनुवार, क्षेत्र कुमार सुनुवार, ओमराज सुनुवार, अर्जुन सिकारी सुनुवार, सञ्जय सिकारी सुनुवार रहेका छन्।

