काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकिएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दुई दिनको समय तोकिएको हो।

१२ गते बेलुका मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगको कार्तालिका छ। यस्तै, वैशाख १३ मा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ।

यसैगरी, वैशाख १६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ।