काठमाडौं। सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष रणवीर सुनुवार माओवादी (केन्द्र)मा प्रवेश गरेका छन्। अध्यक्ष सुनुवारलाई बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रण्डले खदा लगाएर पार्टी प्रवेश गराएका हुन्।

अध्यक्ष सुनुवार सुनुवार सेवा समाज संघीय समितिका नवौँ महाधिवेशनबाट निर्वाचित वर्तमान अध्यक्ष हुन्। नेपाली काङ्ग्रेस निकट मानिएका सुनुवार स्थानीय निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेकपा माओवादी बुद्धिजीवि संगठनको सदस्य नवाङ पासाङ शेर्पाका अनुसार बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र पूर्व पोलिटव्युरो सदस्य लक्की शेर्पाको समुपस्थितिमा प्रचण्ड निवास खुमलटामा पार्टी प्रवेश गरेका हुन्।

लामो समयदेखि वल्लो किरात संघर्ष समितिमा कृयाशिल सुनुवार संयुक्त किरात लिपिका संयोजक हुन्। माओवादी केन्द्र प्रवेश गरेका सुनुवार उत्पीडित दमित सिमान्तकृतको आवाज बुलन्द गर्ने बताएका छन् l