काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जनताको दुःख हटाउने गरी काम गर्न आग्रह गर्नु भएको छ ।
नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले जनताको दुःख हट्ने गरी काम गर्न आग्रह गर्नु भएको हो । स्थानीय तह नै जनताको नजिकको सरकार भएकाले स्थानीय तहका गतिविधि हेरेर जनताले सरकारप्रतिको धारणा बनाउने उहाँको भनाई थियो ।
प्रधानमन्त्री देउवाले सबै नगरपालिकाहरूलाई सहरको मौलिक पक्षमा नकारात्मक असर नपर्ने गरी स्वच्छ, सफा र सुरक्षित सहरको रुपमा विकास गर्नुपनेमा जोड दिनुभयो । उहाँले स्थानीय नीति निर्माण र कार्यान्वयनमा समेत जनतालाई सहभागी गराउन आग्रह गर्नुभयो ।००००

