काठमाण्डौ । जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकले समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको छ । 

आज काठमाण्डौमा शुरु भएको पार्टीको प्रथम संघीय परिषद् बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समसामयिक राजनीति र जसपाको कार्यदिशा सहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उक्त प्रतिवेदनमाथि ८ वटा समूह बनाएर छलफल चलिरहेको जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताउनुभयो । उहाँले भोली र पर्सी सोमबार बस्ने पार्टीको केन्द्रिय समितिको दोस्रो बैठकमा भने स्थानीय निर्वाचनमा पार्टी कसरी सहभागी हुने भन्ने बारेमा छलफल हुने बताउनुभयो । 
खतिवडाले केन्द्रिय समितिको बैठकमा समसामयिक राजनीतिमा पार्टीका धारणाका बारेमा पनि बिस्तृत छलफल गर्ने बताउनु भयो ।००००