काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद विष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसिसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए । 

उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताए । उनले पार्टी नेतृत्वले एमसिसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए । पार्टीभित्र रचनात्मक आलोचनामार्फत् पार्टीलाई रुपान्तरण गर्न हँदैसम्म प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताए ।