काठमाण्डौ । संसदबाट अनुमोदन गरिएको एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलहरूले राजधानीको खुला मञ्चमा विरोध प्रदर्शन गरेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले संयुक्त रुपमा विरोध सभा गरेका हुन् ।

खुला मञ्चमा विरोध सभा आयोजना गर्नुअघि वामपन्थी दलहरुले विरोध ¥यालीको आयोजना समेत गरेका थिए । यस क्रममा आयोजक दलका नेताहरूले खुला मञ्चबाट एमसीसीको राष्ट्रघाती भएको बताएका छन् । ती दलहरूले एमसीसी अनुमोदन गर्नु अघिदेखि नै विरोध प्रदर्शन गर्दै आएका थिए ।

एमसीसीले गर्दा नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता खोसिएको उनीहरूको जिकिर छ । जनसभालाई नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रवहादुर केसी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।००००

 

This image has an empty alt attribute; its file name is 2-1024x439.jpg

This image has an empty alt attribute; its file name is 3.jpg

This image has an empty alt attribute; its file name is 4.jpg