काठमाण्डौ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताउनु भएको छ ।
आजबाट काठमाडौंमा शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेकोले अब गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताउनु भएको हो । अध्यक्ष दाहालले देशको राष्ट्रिय राजनीति फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने भयलाई आफुहरुले परास्त गरेको दाबी समेत गर्नुभयो ।
एमसीसी पास गर्ने सर्तमा गठबन्धन नबनेको उहाँको भनाई थियो । अध्यक्ष दाहालले समय बित्दै जाँदा गठबन्धनभित्र एमसीसीको विषयले प्राथमिकता पाएको र ब्याख्यात्मक घोषणा सहित एमसीसी पास भएको बताउनुभयो । निरन्तर संसदमा अवरोध हुन नसक्ने भन्दै उहाँले प्रतिपक्षी सदन खुलाउन तयार नभए नयाँ विकल्पमा जानुपर्ने धारणा राख्नु भएको थियो ।००००

