रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापको अध्यक्षमा मैन कुमार मोक्तान चयन भएका छ । 

 माओवादी केन्द्र वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले मोक्तानलाई पुनः अध्यक्षमा चयन गरेको हो । मोक्तान यस अघि पनि रामेछापका अध्यक्ष रहेका थिए । यस्तै, सचिवमा नेता तारानारायण श्रेष्ठले जिम्मेवारी पाएका छन ।  

निर्वाचित समितिले आगामी बैशाखमा हुने स्थानिय तहको निर्वाचनमा पार्टीलाई जिताउन रणनीतिक योजनाका साथ अगाडी बढ्ने सचिव श्रेष्ठले बताए ।

प्रदेश बैठकले रामेछापको प्रदेशसभा निर्वाचन क्षेत्रको पनि जिम्मेवारी बाँडफाँड गरेको छ । प्रदेशसभा निर्वाचन क को इन्चार्जमा प्रेम कुमार कार्की र संयोजकमा रविन्द्र पौडेललाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै प्रदेशसभा ख को इन्चार्ज सुनिता गौतम र संयोजकमा यशु चौलागाईलाई तोकिएको छ ।