काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल र केही सत्तारुढ दलहरुकको विरोधका बीच एमसीसी संसदमा टेबल भएको छ।

अमेरिकी सहयोग सम्झौता एमसीसी प्रतिनिधिसभामा आइतबार पेस भएको हो। सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन्।

सञ्चार कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका छन ।