काठमाडौं । काठमाडौंस्थित नयाँ बानेश्वरमा एमसीसी सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर बबरमहल सडकतर्फ विरोध प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । झडपमा वाईसीएल संयोजक सुमन देवकोटा लगायतका प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ । एमसीसीको विरोधमा उत्रिएकाहरूले उत्तेजक नाराबाजी गर्दै अघि बढेपछि प्रहरीलाई नियन्त्रण गर्न मुस्किल परेको थियो । प्रदर्शनकारीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै फिर्ता गर्न माग गरेका छन् ।











