काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेसले संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको हो । प्रधानमन्त्रीसमेत रहनु भएका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ भनिसकेको जानकारी गराउनु भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिनुभयो । वाईट–गगन थापा
बैठकमा प्रधानमन्त्री देउवाले तत्कालिन केपी शर्मा आली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी सम्भौतालाई अहिलेको सरकारले अनुमोदन मात्रै गर्न खोजेको स्पष्ट पार्नुभएको थियो । वाईट–गगन थापा
प्रधानमन्त्री देउवाले संसदमा टेबुल भइसकेपछि सबै राजनीतिक दलले एमसीसी सम्झौताको पक्षमा अनुमोदन गर्ने समेत बताउनु भएको महामन्त्री थापाले जानकारी दिनुभयो ।००००

