काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्तापछि उत्पन्न राजनीतिक घटनाक्रम र एमसीसी सदनमा टेबुल गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । 

आज बिहान ९ बजे संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्ने छ । कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरूले आइतबार जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

यसअघि हिजो प्रमुख विपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बसेको थियो । भोलि संसद बैठक बस्दैछ । यो बैठकमा एमसीसी पेस हुने सम्भावना छ ।