काठमाण्डौ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घटिररहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५४ जनाको नमुना परीक्षण गर्दा ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घन्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ८ सय २६ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल देशभर २६ हजार १ सय २ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।००००

