काठमाण्डौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले आज अपरान्ह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तयारी गर्नु भएको हो । प्रमुख राजनीतिक दलको शीर्ष तीन नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तीन नेताबीचको भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)लगायत विषयमा छलफल हुने सचिवालयले जनाएको छ । प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष ओली पहिलो पटक आज बालुवाटार जान लाग्नु भएको हो ।