काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसँग स्पष्टीकरण माग गरेको छ ।
मन्त्री यादवले १५ वर्ष पुरानो गौर हत्याकाण्ड दोहो¥याउने अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण लिएको हो । आयोगका अध्यक्ष तपबहादुर मगरले यादवलाई उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदोहो¥याउन समेत निर्देशन दिनुभएको छ ।
स्पष्टीकरण दिन पुग्नु भएका मन्त्री यादवले आफ्नो अभिव्यक्ति असन्तुलित र अनियन्त्रित भएको स्विकार्दै भविष्यमा त्यस्तो घटना नदोहो¥याउने प्रतिबद्धता जनाएका आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्री यादवले आफ्नो भनाइ कसैप्रति लक्षित नभएकोे दाबी समेत गर्नुभएको छ ।
गत माघ ५ गते रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर नरसंहार दोहो¥याउने धम्की दिनुभएको थियो । २०६३ साल चैतमा मन्त्री यादवकै पार्टीको आक्रमणमा माओवादी समर्थित २८ जनाको ज्यान गएको थियो ।००००

