काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिकाे बैठक बाेलाउनुभएकाे छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घाेषणा गरिरहदा गृहमन्त्री खाँणले सुरक्षा समितिकाे बैठक बाेलाउनुभएकाे हाे ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्न लागेकाे गृहमन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।
बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षाबारे छलफल हुने बताइएकाे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सुरक्षा तयारी गर्न निर्देशन दिए अनुसार सरक्षा रणनीतिबारे छलफल गर्न बैठक बाेलाइएकाे गृहमन्त्रालय स्राेतकाे भनाइ छ ।
बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल सहभागि हुने जनाइएकाे छ । बैठकमा नेपाली सेनाका प्रतिनिधिलाई पनि सहभागि गराइने बताइएकाे छ ।

