काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ । 

नेपाली कांग्रेसको वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँग आज भेटवार्ता गर्दै प्रधानमन्त्री देउवाले जेठको पहिलो साता नै निर्वाचन हुने बताउनु भएको हो । प्रधानमन्त्री दउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो साता नै निर्वाचन हुने जानकारी गराएको कांग्रेस वाग्मती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

वर्तमान संविधान बमोजिम स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते पूरा हुदैछ । प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन दलहरूबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै चुनाव लड्ने तयारी भएको समेत बताएको बस्नेतले जानकारी दिनुभयो ।००००