काठमाडौँ । नेपालमा पछिल्ला ४ दिनको अवधिमा कोरोना भाइरस संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले माघ १३ देखि १६ गतेसम्ममा संक्रमणबाट ३२ जनाको मृत्यु भएको जानकारी दिएकी हुन् ।
उनका अनुसार १२ जना श्री वीरेन्द्र अस्पतालमा र अन्य विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो ।

